यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

वीरगञ्जमा २२ किलो ४ सयग्राम सुन प्रहरीले बरामद


प्रहरीले वीरगञ्जबाट २२ किलो ४ सयग्राम सुन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज–६ कुम्हाल टोलमा रहेको एक अपार्टमेन्टमा छापा मारी उक्त परिमाणको सुन बरामद गरेको हो। बरामद गरिएको सुन वैध वा अवैध के हो यसबारेमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणमा लिइएको सुनको बारेमा विस्तृतमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।