Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राष्ट्रपति र प्रधानमन्त्रीले पनि यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

Company Register

यस वर्षको दशैंमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । कोरोना भाइरस ९कोभिड १९० संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएका हुन् । विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुईरतीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दशैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए ।

Advertisement

उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । ‘यसपालीको दशैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ । टीका लगाइदिनका लागि सार्वजनिक आह्वान हुने सम्भावना कम छ । यसबारे थप कुरा २(४ दिनभित्रै विज्ञप्ति जारी गरेर जानकारी दिइनेछ,’ उनले भने । विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...