Coronavirus COVID-19

लायन्सद्धारा भीटीएम किट सहयोग

[Ads]

Advertisement

हेटौडा – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालको सहयोग, ३२५ बी २ नेपाल रिजन २ को संमन्वयमा किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई भाइरस ट्रान्सफर मिडियम किट (भीटीएम) सहयोग गरेको छ । हेटौँडा उपमहानगर पालिकाकाकी उपप्रमुख मिना लामाको प्रमुख आथित्यता, क्लबका डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीको विशिष्टमा आथित्यतामा भएको कार्यक्रममा सो सामाग्री हस्तान्तरण गरिएको हो ।

किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुमन सुवेदीलाई १२ सय किट हस्तान्तरण गरिएको ३२५ बी २ नेपाल रिजन २ को यरिया चिफ लायन अंकिता सुमार्गीले जानकारी दिनु भयो । प्रमुख अथिति लामाले लायन्सले गरेका समाज सेवाको प्रशंसा गर्दै सुरक्षित भएरका काम गर्नको लागि आग्रह गर्नु भयो ।

सो अवसरमा क्लबका डिष्ट्रिक्ट गभर्नर नकर्मीले कोरोना सङ्क्रमण हुन नदिनको लागि विगतदेखि नै विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको बताउनु भयो । यस अघि पनि लियो लायन्सले सहयोगमा हातधुने मेसिन र पीपीइ सेट समेत सहयोग गरि सकेको बताउनु भयो । उहाँले लायन्स क्लवले सरकारलाई हरकुरामा साथ र सहयोग गर्ने बताउनु भयो । 

किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुमन सुवेदीले अभावको वेला सहयोग गरेको भन्दै क्लबको सहयोग प्रति आभार व्यक्त गर्नु भयो । ३२५ बी २ नेपाल रिजन २ को यरिया चिफ लायन अंकिता सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका कोषाध्यक्ष शिव विडारी,लायन विष्णु गोपाल महर्जन, कृष्णराम न्यौपाने लगायत लायन्स तथा लियो क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...