मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मकवानपुरगढी वडा नंम्बर ३ स्थित मक्रान्चुलीमा रहेको वडा कार्यालयको माथिल्लो तलामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मकवानपुरगढी गाउँपालीका उपाध्यक्ष हर्कमाया रुम्बाले निर्बाचन अधिकृतको कार्यालयको उद्धघाटन गरेकी हुन् ।

मकवानपुरगढी गाउँपालीकामा निर्बाचन अधिकृतको रुपमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव नारन प्रसाद पोखरेल रहेका छन् । निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीमा पोखरेलको मातहतमा ९ जना कर्मचारी रहने छन । सहायक निर्बाचन अधिकृतको रुपमा मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी रहने छ । निर्बाचन अधिकृतको कार्यालयमा निर्बाचन अधिकृत, सहायक निर्बाचन अधिकृत, लेखापाल , कम्प्युटर अप्रेटर , कार्यालय सहयोगी र चालक रहने कार्यालयले जनाएको छ ।

कार्यक्रममा निर्बाचन अधिकृत नारन प्रसाद पोखरेल, मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत रामकुमार पुडासैनी , वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे , नेकपा एमाले मकवानपुरगढीका अध्यक्ष रामजी सापकोटा , नेपाली काग्रेसका प्रतिनिधि बिजय लामा ,नेकपा माओबादी केन्द्रमकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का , एकिकृत समाजबादी मकवानपुरगढीका अध्यक्ष अर्जुन दहाल, राप्रपाका कृष्ण बिडारी, राप्रबीसंका जील्ला अध्यक्ष प्रकाश चौलागाई , देबनारायण लामिछाने , प्रेम प्रसाद दहाल, कृष्ण प्रसाद पोखरेल ,लगायत सुरक्षाकर्मी, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।