यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडाबाट कारमा लुकाई ल्याएको ८० के.जी गाँजा सहित कार बरामद


मकवानपुर प्रहरीले हेटौंडाबाट ८० किलो लागु औषध गाँजा सहित कार बरामद गरेको छ । बिहिबार बिहान बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो । प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भागेको बा ६ च १४७६ नंबर को कार शंका लागी खोजतलास गर्ने क्रममा उक्त कार हेटौंडा १० भुटनदेवी मन्दीर जाने सडकमा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Advertisement
कारभित्र खोजतलास गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ८० किलो फेला परेको हुँदा गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यलय मकवानपुर छ । कार जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र फरार व्यक्तिको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।