नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन अन्र्तगत आज निर्वाचन कार्यक्रम हुने भएको छ । नेपाली काँग्रेस मकवानपुरमा सभापतिका लागि ३ जनाले उमेद्वार दर्ता गरेका छन् । आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले सभापतिको लागि आईतबार उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन आज सोमबार विहान ८ बजेबाट सुरु हुने काँग्रेस मकवानपुरले जनाइएको छ ।