पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणदर बढेको छ । देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा मकवानपुरमा बढेको छ । मंगलबार मकवानपुरमा एकैदिन ९८ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ६० जनामा पिसिआर र ३८ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः ३८ जना र २० जनामा गरेर ५८ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २० जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ । जसमा ७ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने १२६ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।