मकवानपुर प्रहरीले हेटौंडाबाट १८३ गाँजासहित गाडी नियन्त्रणमा लिएको छ । तरकारीको क्रेटमा लुकाएर ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका हुन् । पालुङबाट हेटौंडा तर्फ आउदै गरेको प्रदेश–३–०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा गाँजा भेटिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। पक्राउ हुनेमा भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको प्रहरीले जनाएको छ ।