मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७८–०७९ को लागि ल्याइएको ७२ करोड रुपैयाँ बजेट पास गरिएको छ । बुधबार मकवानपुरगढी गाउँपालिकाको गाउँसभाले बजेट पास गरेको हो ।

गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि भौतिक पूर्वाधार निर्माणमा सबै भन्दा धेरै बजेट खर्चगर्नेगरी बजेट ल्याएको छ ।पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८–७९ को लागि नीति, कार्यक्रम तथा बजेट पास भएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताएका छन् । गाउँपालिकाको बजेटमा सडक निर्माण, पुल निर्माण, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै भन्दा धेरै बजेट छुट्याएको अध्यक्ष हुमागाईले बताए ।