यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मनहरीबाट १०४ केजी गाँजा सहित तीन जना पक्राउ


मनहरीबाट प्रहरीले १ सय ४ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मनहरी ६ स्थति लोथर खोलाको बगरको बाटोमा प्लास्टकिको बोरामा गाँजा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, सोही ठाँउका ३० वर्षिय टलक बहादुर घलान र राक्सीराङ ४ बस्ने बर्ष २७ को मदन कोईरालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनीहरुलाई गाँजा सहति पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।