यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा रूख ढाल्ने पक्राउ


अवैध रूपमा सालको रूख ढालेर चिरान गरिरहेका पाँच जनालाई डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ गरेको छ । रेन्जर यामकुमार श्रेष्ठको कमान्डमा खटिएको गस्ती टोलीले सोमबार बकैया–१ डाङडुङे राष्ट्रिय वनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । डिभिजन वन प्रमुख इमनाथ पौडेलका अनुसार पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–२ का अञ्चित माझी, लालबाबु चौधरी, सत्यनारायण चौधरी, गुजरा–९ का सोहन माझी र वीरेन्द्र चौधरी छन् । ‘अझै एक जना फरार छन् । इकान्तिपुरबाट साभार ।