Comments Add Comment

मकवानपुरगढीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

सामरी खोला किनारमा शनिबार बिहान एक पुरुषको शव भेटिएको छ । शव मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का लालबहादुर सुनारको रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान दुध पुर्‍याउन गएका ५७ वर्षीय सुनारलाई खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरगढीको डुम्रेकुनामा दुध पुर्‍याएर फर्किएका सुनुवारलाई खोलाले बगाएको हो । शवलाई पोस्टमार्टमको लागि शनिबार हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर