मकवानपुरको बकैयामा अबैध रुपमा लाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । बकैया गाउँपालिका वडा नं. ६ गोवरस्थान लगायतको ठाँउमा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । गाँजा खेती फडानिको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा संयुक्त २० जना प्रहरी टोलीले ७ बिगाहा लागू औषध गाँजा खेति फडानी गरी नष्ट गरिएको हो ।