मकवानपुरमा बिहिवार साँझ थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार ५५ जनाको स्वाब संकलन गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईलले जानकारी दिएका छन् । कोरोना संक्रमित हुनेहरु मध्य ५ महिला र ४ पुरुष रहेका छन् । संक्रमित हरु सबै हेटौंडा क्षेत्रका रहेका छन् ।

No description available.