लुम्बिनी प्रदेशका बालबालिकालाई आजदेखि मोर्डना खोप लगाइदै

लुम्बिनी प्रदेशका नौ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइदैछ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो ।

लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो । जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ । अहिले रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोपको दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

अनलाइनपत्र संवाददाता

Next Post

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

Tue Dec 21 , 2021
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए । […]

सम्बन्धित खबर