Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रोकिएको जनगणना असोज १ देखि गर्ने प्रस्ताव

Company Register

कोरोना संक्रणका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरि प्रस्ताव गरिएको छ। केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मुलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो । २०७८ असार ८ मा सम्पन्न हुनुपर्ने जनगणनालाई धेरै पर सार्न नहुने विभागको भनाइ छ ।

Advertisement

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार वर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिम सातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन ।तर, अहिले महामारी केही कम भएको भन्दै विभागले साउनबाटै तयारी थाल्ने भएको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी भएको लामिछानेले बताए । उनले सम्भवतः एक साता भित्रै सरकारले मिति तोक्ने बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...