Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मुख्यमन्त्री पौडेलद्धारा बकैयामा एकैदिन दुईवटा पुल उद्घाटन

Company Register

मकवानपुरको बकैया गाउँपालिकामा दुईवटा पुल उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मंगलबार वडा नंबर ४ र ३ मा रहेको दुईवटा पुलको उद्घाटन गरेका हुन् । एक कार्यक्रमबिच मुख्यमन्त्री पौडेलले बकैया वडा नंबर ५ ठाँटी खोलामा निर्माण भएको पक्की पुल तथा वडा नंबर ३ को बकैया खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।

Advertisement

बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको संयुक्त लगानीमा समपुरक बजेट अन्र्तगत १ करोड रुपैँयाको लगानीमा निर्माण भएको बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल २६ दशमलब २५ मिटर लम्बाई तथा ७ दशमलब २० मिटर चौडाईको रहेको छ । पुल निर्माण पछि बकैया वडा नंबर ४,५ र ६ नंबर का वासिन्दाहरुलाई मदन भण्डारी राजममार्गसम्म आईपुग्न सहज भएको छ । यसैगरी बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन भएको छ । संघिय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टिभिएसयुको प्राविधिक सहयोगमा निर्माण पुल निर्माण भएको हो । दुबै पुलको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले अब विकासको युग प्रारम्भ भैसकेको बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...