Comments Add Comment

युरोकप : स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनल प्रवेश

इटाली युरोकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा स्पेनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै इटाली विजयी भएको हो । टाइब्रेकरमा स्पेनका डानी ओल्मो र अल्भारो मोराटाको प्रहार गोल हुन सकेन। दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोके भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन। स्पेनको चौथो प्रहार गर्न पुगेका अल्भारो मोराटाले पनि गोल गर्न सकेनन्। त्यसपछि इटालीको पाचौँ प्रहार गरेका जर्गिन्होले गोल गरेपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको हो। इटाली मुख्य प्रतियोगितामा अन्तिमपटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो। यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ। उसले तीन वर्षयता हार ब्यहोरेको छैन।

यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। ६० औँ मिनेटमा इटालीका स्ट्राइकर चिएसाले डी बक्सबाहिरबाट सेकेण्ड बार च्यापेर गोल गरेका थिए।स्पेनका अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। मैदानको करिब मध्य भागबाट आफै बल अगाडि बढाउँदै मोराटाले डीबक्स नजिकै ड्यानी ओल्मोलाई पास दिएर त्यसपछि आफुले पास लिँदै गोल गरेका थिए।इटालीले इङ्ल्यान्ड र डेनमार्कबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर