लिभरपुलको प्रभावशाली जित

Company Register

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । लिभरपुलका लागि ४३ औँ मिनेटमा साडिओ मानेले गोल गरे । उनले लिभरपुलका लागि सबै प्रतिस्पर्धामा गरेर १०० गोल गरेका छन् ।

Advertisement

यस्तै ७८ औँ मिनेटमा मोहम्मद सालह तथा ८९ औँ मिनेटमा केइताले गोल गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित लिभरपुल शीर्ष स्थानमा पुगेको छ । शनिबार राति नै भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ । राति भएका अरु खेलमा आर्सनलले बर्नलीलाई १–०, ब्रेन्टफोर्डले वुल्भ्सलाई २–०, वाट्फोर्डले नर्विचलाई ३–१ तथा एस्टन भिल्लाले एभर्टनलाई ३–० ले पराजित गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...