संविधान दिवसको अवसरमा सिरहामा ४ सय ८६ जनालाई नेपाली नागरिकता वितरण गरिने भएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले संविधान दिवसको अवसरमा ४ सय ८६ जनालाई वंशजको आधारमा नागरिकता दिन लागेको जानकारी दिएका छन्।

शनिबार जिल्ला प्रशासन कार्यालय सिरहाको घुम्ती शिविरले धनगढीमाई नगरपालिकाको कार्यालयमा नेपालको हालको कानून बमोजिम वंशज नगरिकता पाउने २ सय १ जना पुरुष र २ सय ८५ जना महिलाको स्थलगत रुपमा सिफारिस कागजात संकलन, सनाखत एवं निर्णय सम्पन्न भएको उनीहरुलाई आज नागरिकता दिइने प्रजिअ कणेलले जानकारी दिए।