काठमाडौं – मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

अहिले प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । अन्य भु-भमगमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।