
वायु सेवा सञ्चालक संघले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
संघले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरुले हवाई भाडामा छुट दिन लागेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।
मन्त्री भट्टराईले सार्वजनिक गरेको प्रमुख प्राथमिकतामा कार्यक्रमको बुँदा नं ५९ मा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा गरे ।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






