भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ। सेनाध्यक्ष नरवणेलाई बिहिवार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन्। यसअघि, सेनाध्यक्ष नरवणेलाई बिहिवार बिहानै सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।