Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा ८ हजार १६७ संक्रमित थपिए, १८७ को मृत्यु

Company Register

काठमाडौं – देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन् । योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १० सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

सोही समयमा १ सय ८७ जनाको मृत्यु हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

देशभर १ लाख ९ हजार ७४० सक्रिय संक्रमित हुँदा ६ सय ७५ जना आइसोलेसनमा छन् । संक्रमितमध्ये १ हजार ३ सय ३१ जना आईसीयूमा छन् भने ३ सय ७० जना भेन्टिलेटरमा छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...