यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

दशैंका लागि खाद्य संस्थानले आजदेखि प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने


सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ९खाद्य संस्थान०ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ ।

Advertisement
तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा दाङबाट २ सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौं ल्याइएको छ । यस वर्ष कम्पनीले २ जिल्लाबाट १ हजार खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।