Comments Add Comment

२९ सडक बालबालिकाको उद्धार

बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरेको छ ।

भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकाहरुलाई आश्रयका लागि पुनःस्थापना गृहमा पठाइएको छ । टोलीले पशुपति क्षेत्र, रत्नपार्क, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, नयाँ बसपार्क, सामाखुशी र बालाजु क्षेत्रबाट १७ बालक र १२ बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

दिउँसो सडकमा बालबालिका नभेटिने र रातभर सडकमै बसेर दुर्व्यसनमा संलग्न हुने गरेकाले राति ८ बजेदेखि बिहान ३ बजेसम्म खोजतलास गरेको उनले बताए । उनीहरुलाई सडक बालबालिका पुनःस्थापनाका लागि ‘सोभर रिकभरी एण्ड ट्रिटमेन्ट सेन्टर’ आरुबारीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

तीन बालबालिका दुर्व्यसनमा संलग्न रहेको भेटिएकाले प्रहरीले थप अनुसन्धानका लागि लगेको सेन्टरका संस्थापक छिरिङ वाङ्दुले बताए । उक्त सेन्टरमा पुनःस्थापनाका लागि हाल ६० बालबालिका राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर