राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’ हुने भएको छ । बुधबार राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’ भएको जानकारी गराएका छन् । सनातन संस्कृति एवं पौराणिक मान्यतामा “तिर” लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । “तिर” मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।