नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फेरी बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपौँयाले वृद्धि गरेको हो । बढेको मूल्यअनुसार पेट्रोलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य १ सय ३८ रुपैयाँ पुगेको छ।