
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनामा गरिएको पीसीआर र ५७१ जनामा गरिएको एन्टीजेन परीक्षणमा सात हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् भने २५३ जना संक्रमित क्वारेन्टाइनमा छन् । मंगलबार एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएको यो नै सर्वाधिक संख्या हो । योसहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




