प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज बुधबार दुई खेल सम्पन्न भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आज भएको पहिलो खेलमा धादिङ विजयी भएको छ ।

काभ्रेपलान्चोकलाई १–० गोल अन्तरले हराउँदै धादिङ विजयी भएको हो । जितको लागि खेलको २४ औं मिनेटमा धादिङका विपिन कंडेलले गोल गरेका थियो । जितसँगै धादिङ सेमीफाइनल प्रवेश गरेको छ ।

त्यस्तै,आज भएको दोस्रो खेलमा घरेलु टोली मकवानपुर विजयी भएको छ । सिन्धुलीलाई ३–० गोलले स्तब्ध पार्दै मकवानपुर विजयी भएको हो । मकवानपुरका लागि ललित चौलागाई, सुनिल घलान र समिरराज थोकरले गोल गरेका थिए । जितसँगै मकवानपुर समिफाईनल प्रवेश गरेको छ । भोलि विहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा ललितपुर र रामेछाप दोस्रो खेलमा दोलखा र भक्तपुरबीच भिड्ने खेल संयोजक कल्पना शर्माले जानकारी दिईन् ।