मकवानपुरको बकैया –१२ स्थित ईलाका प्रहरी कार्यालय ठिंगनको नव निर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । कार्यालय, व्यारेक तथा भान्साघरको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले गरेका छन् । भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सजिलो भएको बताए । भवन निर्माणले प्रहरीको मनोबल उच्च भएको बताउदैं ठिंगन क्षेत्रको शान्तिसुरक्षामा थप बल पुगेको बताए ।
ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् । कार्यक्रममा राष्ट्रिय अनुसन्धान हेटौंडा कार्यालयका अनुसन्धान उपनिर्देशक पप्पु शर्मा पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, विभिन्न राजनैतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।