कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति मृत्यु भएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भइ उपचार गराइरहेका उनको शुक्रबार राती मृत्यु भएको सिंहले बताए । प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ ।