Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको भाउमा नयाँ रेकर्ड,नाघ्यो तोलाको ८० हजार

Company Register

सुनको भाउ तोलाको ८० हजार नाघेको छ। आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

Advertisement

लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा व्यापारमा मन्दी आएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगो हुँदा नेपालमा पनि सुनको भाउ निरन्तर उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। भाउ बढेपछि नेपालमा सुनको कारोबार झण्डै ७० प्रतिशतले गिरावट आएको छ।

नकिनी नहुने अवस्थामा बाहेक नेपालमा मानिसहरुले सुन नकिनेकाले कारोबार घटेको हो। आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँ बढेर आज चाँदी ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...