Comments Add Comment

चलचित्र हिजो आजका कुराको पहिलो गीत ‘माया जदौ’ रिलिज (भिडियो)

आगामी नयाँ वर्षको दोस्रो हप्ता अर्थात बैशाख १२ गते रिलिज हुने सिनेमा ‘हिजो आजका कुरा’मा समावेश पहिलो गीत यूट्यूबमा रिलिज गरिएको छ । ‘माया जादौ’ बोलको गीतमा दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द रचना तथा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेकोछ । गीत हिजो आजका कुराको २५ औं वर्षगाँठको रुपमा तयार पारिएको हो ।

सार्वजनिक भिडियोमा भुवन चन्द, निर शाह, बसुन्धरा भुषाल, मदन कृष्ण श्रेष्ठ, दिनेश डिसी, मिथिला शर्मा, धिरेन शाक्य, शिवहरी पौडेल, शम्भुजित बास्कोटा, नविन के भट्टराई, गौरी मल्ल, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, गोपाल काजी कायस्थ, यमन श्रेष्ठ, रिंकु बज्राचार्य श्रेष्ठ, लुनिभा तुलाधर, नम्रता श्रेष्ठ, नितेशजंग कुँवरका अलवा ‘हिजो आजका कुरा’का सम्पुर्ण मुख्य कलाकारहरुलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस्

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई साकार पन्तले निर्देशन गरेका हुन् । सिनेमामा बरिष्ठ हास्यकलाकार सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, जयनन्द लामा, दिव्यदेव पन्त, साकार पन्त, रमेश अधिकारी, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, शैलेजा पाण्डे र कमला रेन्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिभा पन्त कार्यकारी निर्माता रहेको सिनेमामा सन्तोष पन्त र साकार पन्तले लगानी गरेका छन् । ‘हिजो आजका कुरा’मा बैकुण्ठ प्रसाद उपाध्याय र सचित कुमार मिश्र सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा कथा मानभी न्यौपाने, रवि सायमीको डिओपी, कविराज गहतराजको कारियोग्राफी, हर्कुलस बस्नेतको संगीत, बिनय कंसाकारको सम्पादन रहेको छ । सिनेमाको पटकथा तथा संवाद साकार पन्त, निराजन पन्त र संन्दीप किसनले मिलेर लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर