काठमाडौं – जिल्ला अदालत ललितपुर पुगेर नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज कानुनी रुपमा विवाह गरेका छन्।अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले  सामाजिक सन्जालमा कानुनअनुसार आफूहरु एक भएको बिहेको फोटो सेयर गरेकी छन्।

अदालत परिसरमै उनीहरूले एक अर्कालाई मालासमेत लगाइदिएका छन् । यो जोडीलाई केही दिन यता विवाहको रौनकले छोपेको छ । मङ्गलवार उनीहरूले मेहेन्दी सङ्गीत लगायत रिवाज पुरा गरिसकेका छन् । शुक्रवार नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह  गर्दै छन् ।