काठमाडौं : सुनको भाउ आज फेरि बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो। 

हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। 

हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ।