गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

अनलाइन पत्र संवाददाता२०८०-११-१४ No Comments

काठमाडौं, १४ फागुन ।  गायक भक्तराज आचार्यको निधन भएको छ। उनको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताए। उनका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। १९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad