Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कलंकीमा भयानक दुर्घटना

Company Register

राजधानीको कलंकीमा सोमबार साँझ भयानक दुर्घटना भएको छ। कलंकी नजिकैको ढुंगेअड्डामा ना६ख २८७१ नम्बरको ट्रकले अन्य एक दर्जन गाडीलाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार सो दुर्घटनामा १ जनाको मृत्यु र अन्य ४ जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ज्यान गुमाउनेमा चितवनको टाँडीका समशेर गुरुङ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार ट्रक ओरालोमा ब्रेक फेल भएर सो दुर्घटना हुन पुगेको हो । ट्रकले कार, ट्याक्सी, मोटरसाइकल, जीपलगायतलाई ठक्कर दिन पुगेको थियो ।

ट्रक नागढुंगातिरबाट कलंकीतर्फ आउँदै थियो । ट्रक सर्लाही घर भएका वीरेन्द्र कुमार साहले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...