Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा राजीनामा

Company Register

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् ।

Advertisement

उनले आफ्नो राजीनामा राजासमक्ष बुझाएका छन् । उनले सन् २०१८ मा पछिल्लो पटक आमनिर्वाचनमा जित्नुअघि जेलमा रहेका नेता अनवर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नका लागि राजीनामा दिएको विश्वास गरिएको छ ।

उनी सन् २०१८ मा संसारकै सबैभन्दा बयोवृद्ध उमेरमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्री कार्यालयले स्थानीय समयअनुसार दिउँसो १ बजे राजीनामा राजालाई बुझाएको जानकारी गराएको छ । तर राजीनामाबारे कुनै विस्तृत विवरण दिइएको छैन ।

मलेसियालाई आर्थिक शक्ति राष्ट्रका रूपमा संसारमा चिनाउन प्रधानमन्त्री महाथिर मोहम्मदले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...