काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्मका लागि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७–७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

कोभिड–१९ पछि बैंक तथा वित्तिय संस्थाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए । तर, त्यो व्यवस्था साउन १ गते देखि हटाउँदै शुल्क लाग्ने भनेका थिए । तर शुल्क लाग्ने भनिएको भोलीपल्टै आएको मौद्रिक नीतिले फेरि शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।