नेपालको चर्चित सिङ्गिङ रियालिटी शो द भ्वाईस अफ किड्स पहिलो सिजनको विजेता हेटौंडाका जेनिस उप्रेति हुन सफल भएका छन् । शुक्रबार राती भएको फाइनलमा सात जना प्रतियोगिलाई पछि पार्दै दर्शकको भोटको आधारमा जेनिस उप्रेति विजयी भएका हुन् ।

अघिल्लो साता भएको सेमीफाइनलमा जेनिशसहित ८ जना फाईनलमा प्रवेश गरेका थिए । ब्लाईण्ड अडिसनदेखि नै दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका जेनिसले द भ्वाईस अफ किड्सको पहिलो सिजनको उपाधि हात पारेका हुन् । जेनिस टिम प्रमोद खरेलकोमा रहेका थिए । उपाधि जितेसँगै जेनिशले नगद १५ लाखसहित विभिन्न उपहार जितेका छन् ।