Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा नेकपा सचिवालयमा सहमती जुट्न सकेन

[Ads]

Advertisement

सरकारले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ । सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भदौ २५ गते बसेको स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया अघि बढाएको हो। आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकले औपचारिक रुपमा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा दिएको तीन विकल्पका विषयमा छलफल भएपनि कुरा नमिलेको एक नेताले बताए । प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्प दिएका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यक्षमतामा कमजोरलाई मात्रै बिदा गर्नुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले भने सरकारलाई प्रभावकारी बनाउन धेरै मन्त्रीहरु नयाँ ल्याउनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् हेरफेरको थप गृहकार्यका लागि ओली–दाहाल जुटे पनि व्यक्तिमा प्रवेश गरेपछि सहमति बन्न नसकेको बताइएको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

Loading...