नेपाल प्रहरीले पेस्तोलसहित एक अटो चालकलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डडुवा गाउँपालिका वडा नम्बर ४ का मेराज अलि सैयद रहेका छन् । 


उनलाई प्रहरीले बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सैयदले चलाएको भे १ स ८३२६ नम्बरको अटो जाँच गर्दा डिग्गीमा लुकाइ राखिएको नल्कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । 
यसबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।