काठमाडौँ। देशभरि आज सामान्यतया सफा मौसम रहने विज्ञानीहरूको पूर्वानुमान छ। मौसम पूर्वानुमान विभागका अनुसार हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। यसैगरी राति पनि तराईका केही भागहरूमा हुस्सु रहने सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागहरूमा आंशिक बादल लाग्ने देखिन्छ। देशको बाँकी अन्य भागहरूमा चाहिँ मौसम पूर्ण रूपमा सफा रहने अनुमान गरिएको छ।

मौसम विभागले सामान्यतया हिउँद यामको यस्तै सुहाउँदो मौसम जारी रहने बताएको छ।