Comments Add Comment

कांग्रेस बागमतीमा संसदीय दलको निर्वाचन पुस १३ गते हुने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते बुधबार हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो । चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धामा रहेका छन् । दुबै नेता कांग्रेस संस्थापन पक्षका हुन् । लामा नुवाकोटबाट निर्वाचित भएका हुने भने बानियाँ मकवानपुरबाट निर्वाचित भएका हुन् । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेसले प्रदेशसभामा ३७ सिट जितेको छ । कांग्रेसले प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट जितेको हो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै