Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताहरु बालुवाटारमा गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।

नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बनाउँनेमा देउवा सकारात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । त्यसक्रममा नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर