बागमतीलाई हराउँदै मकवानपुरगढी फाईनल प्रवेश

मकवानपुरगढी गाउँपालिका हेटौंडामा जारी दोस्रो संस्करणको मकवानपुर जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आज भएको अन्तिम सेमिफाईनल खेलमा बागमती गाउँपालिकालाई हराउँदै मकवानपुरगढीले फाईनल यात्रा तय गरेको हो ।

निर्धाििरत समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । मकवानपुरगढीले बागमती गाउँपालिकालाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मकवानपुरगढीका गोल किपर अमर गोले घोषित भए । म्यान अफ द म्याच गोलेलाई मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले ट्रफी हस्तान्तरण गर्नुभयो । अब फाईनलको लागि हेटौंडा उपमहानगरपालिकासँग शनिबार खेल्ने छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा भिमफेदीलाई हराउँदै हेटौंडा फाईनल प्रवेश गरिसकेका छन् ।

खेल हेर्नका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तान , उपप्रमुख मानकुमारी नेपाली लगायत जनप्रतिनिधिहरु रंगशाला पुग्नुभएको थियो ।

अनलाइनपत्र संवाददाता

Next Post

दैनिक काजु खानुका फाइदा

Sat Mar 25 , 2023
‘ड्राइ फ्रुट्स’मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ। यसलाई ड्राइ फ्रुट्स’को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्। काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, […]

सम्बन्धित खबर