
हेटौँडा ५ क्याम्पा डाँडामा निर्माणाधिन रहेको क्याम्पा रंगशालालाई युवा व्यवसायी सरोज पोखरेलले सहयोग गरेका छन् । पोखरेलले बुधबार निर्माणाधिन रंगशालालाई १ लाख १ हजार रुपैँया सहयोग गरेको हुन् । पाँच नंम्बर वडा अध्यक्ष राजेश बाँनीयाको उपस्थितीमा पोखरेलले बुधबार सो रकम पिप्ले युवा क्लबलाई हस्तान्तण गरेको क्लबका अध्यक्ष शुसिल घिमिरेले बताए ।
हेटौँडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भैरहेको रंगशालाको हाल प्याराफिट निर्माणको काम जारी रहेको छ । करिब १५ हजारसम्म दर्शक बसेर फुटबल हेर्न मिल्ने प्याराफिट सहित एथलेटिक्स खेलको लागि समेत ट्रयाक निर्माण भैरहेको छ । त्यस्तै बुधबार नै नविन पराजुली तथा विनोद पराजुलीले १० हजार , संगिता श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेकि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




