१६ औं स्थापना दिवसको अवसरमा मेलान मकवानपुरले हेटौँडा अस्पतालमा दिप प्रज्ज्वलन गरिएको छ । मेलान मकवानपुरको आयोजनामा हेटौंडा अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुमा देशैभर कोभिडका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण प्रयोगशालाकर्मी,स्वास्थ्यकर्मी, चिकित्सक लगायत आम नागरिकको सम्झनामा एक मिनेट मौन धारण र दिप प्रज्ज्वलन गरिएको हो ।