यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बुधबार बिहानै मकवानपुरमा २३ संक्रमित थपिए


मकवानपुरमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा मंसिर ९ गते (हिजो) गरिएको ७४ जनाको स्वाब संकलनमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । बुधबार बिहान संक्रमित हुनेहरुमा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको छ । १० पुरुष र १३ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका र जिल्ला बाहिरका समेत गरेर २३ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement
